बागमतीमा मन्त्रालयको संख्या १४ बाट ८ बनाइयो, ६ जना बिना विभागीय मन्त्री
१ श्रावण, २०८३, शुक्रवार
- नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ ।
हेटौँडा: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन् ।
नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ ।
गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो ।
जस अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहने छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन् । त्यस्तै मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री र प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । त्यसैगरी कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री रहेकी छन् ।
मन्त्रालयहरूको संख्या घटाइएपछि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल विनाविभागीय मन्त्री रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बागमतीमा मन्त्रालयको संख्या १४ बाट ८ बनाइयो, ६ जना बिना विभागीय मन्त्री
-
रासायनिक मल ल्याइदै, रोपाइँ प्रभावित
-
करारका कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ व्यवस्था,सात बुँदे परिपत्रमा के छ ?
-
कोलकाताबाट विराटनगरका लागि पहिलोपटक ऐतिहासिक रेल कार्गो सेवा सुरु
-
दुर्गेश थापाको नयाँ गीत 'मास्टर्नी' विवादमा, प्रसारण बन्द गर्न शिक्षक महासङ्घको माग
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।